नियम ७
सवारी साधनको नामसारीको सूचना गर्नु पर्ने
(१) कर लाग्ने सवारी साधन कसैलाई बेचविखन गरी वा अन्य कुनै व्यहोराले नामसारी गरी दिदा सवारी साधनको धनीले आप्नो साथमा रहेको कर तिरेको प्रमाणपत्र नामसारी गरिएको व्यक्तिलाई बुझाई पन्ध्र दिनभित्र सो कुराको सूचना कर अधिकृतलाई दिनु पर्नेछ ।
(२) कर लाग्ने सवारी साधनको धनीको मृत्यु भई सो सवारी साधन निजको हकवालाले आफ्नो नाममा नामसारी गर्दा पनि निजले सो कुराको सूचना नामसारी गरेको मितिले पन्ध्र दिनभित्र कर अधिकृतलाई सूचना गर्नु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम नामसारीको सूचना प्राप्त भए पछि कर अधिकृतले सो सवारी साधन उक्त धनीको नामबाट लगत कट्टा गर्नु पर्नेछ र सवारी साधन नामसारी गरी लिने व्यक्तिको नाममा लगत चढाई राख्नु पर्नेछ । कर तिरेको प्रमाणपत्रमा समेत कर अधिकृतले नामसारीको व्यहोरा जनाई दिनु पर्नेछ ।